[ ]
Latest News Updates

ADVERTISE WITH US

दु:खद खबर ... रहिनन् अभिनेत्री जल शाहकी आमा साहित्यकार प्रेमा शाह
Wednesday, December 20, 2017 Posted by Mero Tv

काठमाडौं । अमेरिका रहँदै आएकी साहित्यकार प्रेमा शाहको निधन भएको छ । साहित्कार शाहको उपचारकै क्रममा साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन हस्पिटलमा आज निधन भएको हो । उनी नेपाली चलचित्रकी अभिनेत्री जल शाहकी आमा हुन्।
उनका कथा संग्रहहरु पहेँलो गुलाब, विषयान्तर, प्रकाशित छन्। ‘मम्मी’ उपन्यास उनको एकल हो भने संयुक्त लेखन रहेको ‘आकाश विभाजित छ’ का लागि पनि उनले कलम चलाइन् । उनका साहित्यका यौन विद्रोह र मनोविज्ञान प्रमुख रुपमा आएको हुन्छ। नारी सञ्चेतना र विसंगत पक्षलाई पनि उनले कथामार्फत उजागर गरेकी छिन्।

उनी बाल साहित्यमा पनि उत्तिकै सक्रिय थिइन् । शाहले २०४५ सालको ‘मैनाली कथा पुरस्कार’ समेत प्राप्त गरेकी छिन्।

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply