पुन दिपीका र इर्फान पुनः एकैसाथ देखिने भए
एजेन्सी । अभिनेत्री दिपीका पादुकोण र अभिनेता इर्फानखानको जोडी फिल्म पीकु निकै मन पराईयो । यस फिल्मपछि पनि उनीहरु पुनः एकै साथ काम गर्ने मौका पाए सँगै काम गर्ने बताएका थिए । अब उनीहरुको यो इच्छा पनि पुरा हुनेभएको छ ।

विशाल भारद्वाजले दिपीका र इर्फानलाई पुनः एकैसाथ काम गर्ने मौका जुराईदिएका छन् । यस फिल्मलाई क्रिआर्ज र विशाल भारद्वाज पिक्चर्सले प्रोड्युस गदैछन् । तर यस फिल्मको नाम भने अहिले सम्म जुराइएको छैन ।
यो फिल्मलाई पहिले हनी त्रेहानले निर्देशन गर्ने बताइए पनि पछि निर्माता विशाल आफैले निर्देशन गर्ने पक्का भएको हो । विशालले भने, ‘अलग अलग आर्टिष्टिक भिजन भएको कारण आफुहरुको सहमतिमा यो फिल्मको निर्देशनको जिम्मेवारी मैले सम्हाल्ने भएको छु ।’
विशालको यस फिल्मको सुटिङ अगामी वर्षको फेब्रुअरीमा सुरु हुनेछ । पछिल्लो उनको फिल्म रंगुनले बक्स अफिसमा खासै सफल बनेको थिएन । विशालको यो फिल्मको लागि अभिनेत्री दिपीका पादुकोण र इर्फान खान पक्का भइसकेका छन् ।

No comments: