[ ]
Latest News Updates

ADVERTISE WITH US

साराको ‘धप धप जवानी’ बलेपछि…
Monday, December 25, 2017 Posted by Mero Tv

काठमाडौं । फिल्म ‘पिंजडा ब्याक अगेन’को आइटम गीतको अडियोलाई युट्युवमा रिलिज गरिएको छ । तर गीतको भिडियो भनेअपलोड छैन् ।

फिल्ममा समाबेश ‘बल्यो धप धप यो जवानी’ बोलको गीतमा शशी रावलको स्वर छ भने बसन्त सापकोटाले संगीत कम्पोज गरेका छन् । डा. कृष्णहरी बरालले गीतको शब्द लेखेका हुन् । हिमाल केसी निर्देशित फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले फिल्म खिचेका छन् ।

निखिल उप्रेती, सारा सिर्पाली, ज्याक श्रेष्ठ, बिना थापा, सुश्मिता केसी, पुकार भट्टराई, कुशाग्र भट्टराई, भोलाराज सापकोटा लगायत लिड रोलमा रहेको फिल्ममा कोरियोग्राफी रामजी लामिछानेको छ ।

यो फिल्मको रोहित पुरी, गोविन्द गैरे, चन्द्र बहादुर क्षेत्री निर्माता हुन् । यो फिल्म माघ ४ बाट दर्शकमाझ रिलिजमा आउँदैछ ।

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply