[ ]
Latest News Updates

ADVERTISE WITH US

करिश्मा भन्छिन्, ‘छोरीलाई हिरोइन बनाउन तयार छु’
Monday, December 25, 2017 Posted by Mero Tv

सदावहार सुन्दरी  नायिका करिश्मा मानन्धर आफ्नी छोरी कवितालाई अभिनय छेत्रमा ल्याउने तयारीमा छिन्  ।करिश्मा मानन्धर तथा बिनोद मानन्धरकि एक मात्र छोरी कविता जो हाल अमेरिकामा अध्ययन गरिरहेकी छिन् उनले चलचित्रकर्मीसँग आफ्नो जन्मदिन सेलिव्रेट गरिन् ।

कविताले जन्मदिनको केक काट्दै गर्दा आमा करिश्माले छोरीलाई हिरोइन बनाउन आफू तयार रहेको बताइन् । करिश्मा भन्छिन्, ‘विनोद र म कवितालाई हिरोइन बनाउन तयार छौं । तर हिरोइन बन्न सोचे जस्तो सजिलो छैन । त्यसका लागि शारीरिक र मानसिक रुपमा तयार हुन आवश्यक छ ।’ कविता पनि एस छेत्रमा प्रवेश गर्न तम्तयार छिन् ।

उनी भन्छिन्, ‘मलाई फिल्ममा अभिनय गर्न मन छ । तर, मैले जे देखेँ अनि जे हेरेँ त्यो फिल्ममा काम गर्नका लागि प्रयाप्त छैन । त्यसका लागि म मानसिक र शारीरिक रुपमा तयार हुनुपर्छ । हेरौँ भविष्यमा के हुन्छ ।’ कविताकै लागि भनेर बिनोद कविता स्क्रिप्ट तयार गर्नेमा ब्यस्त छन् ।

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply