[ ]
Latest News Updates

ADVERTISE WITH US

लालपुर्जा’को ट्रेलर सार्वजनिक / के छ त बिसेष ? (भिडीयो सहित)
Thursday, December 21, 2017 Posted by Chitra Khabar

काठमाडौं । फिल्म ‘लालपुर्जा’को ट्रेलर सार्वजनिक भएको छ । नेगेटिभ बुद्धको ब्यानरमा निर्माण भएको यो फिल्मको माघ ४ लाई प्रदर्शन मिति तय गरिएको छ । बिहिबार राजधानीमा आयोजित कार्यक्रमका बीच फिल्मको पहिल्यै रिलिज गरिएको एउटा गीत देखाउनुका साथै ट्रेलर पनि रिलिज गरिएको हो ।

निगम श्रेष्ठको निर्देशनमा बनेको फिल्मलाइ बिक्रमसिंह थारु र उमेश श्रेष्ठले मिलेर निर्माण गरेका हुन् । नरेन्द्र मैनालीले फिल्म खिचेका छन् ।

फिल्मको रिलिज ट्रेलरमा जग्गा तथा अंशबण्डाको विषयमा मितेरी गाउँका दुर्इ दाजुभाइबीचको आपसी झगडालाई देखाइएको छ ।
फिल्मको मुख्य ‘थिम’ पनि यहि रहेको निर्माण पक्षले जानकारी गराएका छन् । विपिन कार्की र सौगात मल्ल दाजुभाइ बनेका छन् भने विपिनकी पत्निको रुपमा मेनुका प्रधान र सौगातसँग नव अभिनेत्री मिरुना मगरले स्कृन सेयर गरेका छन् ।


Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply