टंक बुढाथोकी र मेलिना राईको स्वोरमा "तिमी नै मेरो..सार्वजनिक / पौष १४ गते प्रदर्शन हुदै सिनेमा (भिडियो सहित)
गायक टंक स्वयमको यस गीतमा शब्द तथा संगीत रहेको छ । डिकेशको नृत्य निर्देशन रहेको यो गीतमा कुशल थापा र सन्ध्या केसी फिचर छन् । मनोरम दृश्यमा सुट गरिएको गीत फिल्म रिलिजको चार दिन पहिले आउट गरिएको हो । केही दिन पहिले मात्र फिल्म निर्माण यूनिट मोफसलको प्रमोशनल टुर सकेर राजधानी फर्केको छ । नयाँ वर्षलाई लक्षित गर्दै पौष १४ गते चलचित्रले प्रदर्शन आरम्भ गर्दैछ । न्यू इयर इभ देखि रिलिज हुने यस फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा कुशल थापा, सन्ध्या केसी र पुकार गौतमको शीर्ष रोल रहेको छ । यस फिल्मलाई रति थापाले निर्माण गरेकी हुन् ।








No comments: