[ ]
Latest News Updates

ADVERTISE WITH US

शान थापा निर्देशित भिडियोमा निराजन प्रधान र नीता ढुंगानाको केमेष्ट्री / भिडियो रिलिज
Monday, December 25, 2017 Posted by Chitra Khabar

 पछिल्लो समय नेपाली गीत संगीत मेहनतका साथ तयार पार्न थालिएको छ । फिल्म होस् या आधुनिक गीतको भिडियोलाई दृश्यको हिसाबले पनि उत्कृष्ट बनाउन हर तरिका अपनाउने गरिएको छ । यस्तै मध्यको एक गीत हो ‘इन्द्रेणीको’ । पछिल्लो समयकी पपुलर गायिका मेलिना राईको स्वर रहेको यो गीतको भिडियोलाई उनकै च्यानल मार्फत रिलिज गरिएको छ । इन्द्रेणी एल्बममा समावेश यस गीतमा शब्द दियालो सुशन माँझीको रहेको छ भने यसलाई उत्तम जंग लिम्बुले संगीत भरेका छन् । शान थापा निर्देशित भिडियोमा निराजन प्रधान र नीता ढुंगानाको जोडी देखिएका छन् । भिडियोमा युवतीले कल्पना गर्ने मायाको संसारलाई देखाउने प्रयास गरिएको छ । कल्पनाको संसारमा प्रस्तुत हुँदा यस किसिमको ड्रेसमा निराजन र नीता प्रस्तुत भएका हुन् । राजिभ समरको कोरियोग्राफी रहेको गीतलाई अर्जुन तिवारी र टीमले खिचेका हुन् । मनोज जोशी प्रोडक्सन म्यानेगर रहेको यस गीतको भिडियो सम्पादन र कलर सुप्रिम पराजुलीको रहेको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply