[ ]
Latest News Updates

ADVERTISE WITH US

अब बिराट अनुष्काको चर्चा छाड्नुस्, दिशा पटानीको वेडिङ फोटोसुटको पालो आयो !
Monday, December 25, 2017 Posted by Mero Tv

एजेन्सी । अभिनेत्री दिशा पटानी बलिउडमा इन्ट्रि गरेकी खासै धेरै समय भएको छैन । तर, उनको फ्यान फलोइङ दिन प्रति दिने बढिरहेको छ । अहिले सम्म दिशा पटानीले दुई फिल्ममा मात्र काम गरे पनि राम्रा राम्रा फिल्महरुको अफर आईरहेको छ ।

उनले अभिनेता सुशान्त राजपुत फिल्म ‘एमएस धोनी’बाट फिल्मकी करियर सुरु गरेकी थिईन् । यसपछि उनले हलिउड सुपरस्टार ज्याकी चेनको फिल्म ‘कुङ्फु योगा’ काम गरिन् ।


फेरी उनलाई राम्रो फिल्मको अफर आइसकेको छ । अब उनी चाँडैनै अभिनेता टाइगर श्रफको फिल्म ‘बागी २’ मा देखिन लागेकी हुन् ।

यसै महिना अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराटकोहलीको बिहेको समाचारले बलिउडमा निकै स्थान पाएको थियो । त्यसोत, यो जोडीको अफेयरको समाचारले पनि निकै चर्चा पाउँथ्यो ।


यसैबिचमा अबको चर्चा अभिनेत्री दिशा पटानीको वेडिङ फोटोशुटले पुनः चर्चा पाउँदैछ । अहिले दिशा पटानीको वेडिङ फोटोशुटका केहि तस्विरहरु सोसल मिडियाहरुमा निकै चर्चा भईरहेको छ । त्यसोत, के दिशा पटानीले गुपचुप बिहे गरेकी हुन् त ?

तर, यो होइन की उनले बिहे गरिन् । दिशा पटानीको यो फोटोशुट मुम्बई बेष्ट ब्राइडल कम्पनीले गराएको हो । यो फोटोसुट सिर्फ स्टाइलिङ र बाँकीलाई सेवा दिनको लागि मात्र गरिएको हो ।

यो पनि तपाईलाई जानकारी गराउन चाहन्छौं की दिशा पाटानीले आफ्नो आगामी फिल्म ‘बागी २’ को शुटिङ पनि सुरु गरिसकेका छन् । यो कुरा अभिनेता टाइगर श्रफ र दिशा पटानी आफैले केहि दिन अघि जानकारी गराएका हुन् ।

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply