[ ]
Latest News Updates

ADVERTISE WITH US

सलमानले कट्रिनासँग क्रिसमस मनाए, अन्य कुन-कुन सेलिब्रेटीहरुले मनाए ?
Monday, December 25, 2017 Posted by Mero Tv

एजेन्सी । बलिउडका सम्पुर्ण कलाकारहरुले क्रिसमस सेलिब्रेसन गरिरहेका छन् । क्रिसमस मनाउनकै लागि बलिउडका कलाकारहरुले केहि दिन पहिले देखिनै तयारी पनि गरिरहेका थिए । त्यसोत, अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफले लामो समयपछि एकैसाथ क्रिसमस मनाएका छन् ।  यो जोडीको लामो समयको ग्याप पछिको फिल्म ‘टाइगर जिन्दा है’को सक्सेस मनाउँदै सलमान र कट्रिना पनि क्रिसमसको रंगमा देखिएका छन् । त्यस्तै, युवाहरुको रोजाईमा पर्न सफल अभिनेता बरुण धवनको लागि पनि २०१७ साल निकै राम्रो भयो । बरुणले त्यस खुशि बच्चाहरुसँग साटेका छन् । बरुणले आफ्नो इन्टाग्राम अकाउन्टमा बच्चाहरुसँगको तस्विर सेयर गरेका छन् । यसै अवसरमा बरुणले बच्चाहरुलाई चकलेटपनि वितरण गरेका छन् । यता हट अभिनेता आलिया भट्ट र कट्रिना कैफको साथित्व पनि गहिरो नै छ । उनिहरुले एकसाथ क्रिसमस सेलिब्रेट गरेका छन् । श्वेता बच्चन नंदाले आफ्नो पुरै परिवारको साथमा क्रिसमस मनाएका छन् । उनको सबै परिवारको सदस्याहरु राता ड्रेसको आउटफिटमा देखिए । त्यस्तै प्रिटी जिन्टाले आफ्नो इन्टाग्राममा भिडियो अपलोड गर्दै सबैलाई ह्याप्पी क्रिसमसको सुभकामना दिएकी छन् । यता बबी देओलले पनि आफ्नो इन्टाग्राममा भिडियो अपलोड गर्दै क्रिसमस विस गरेका छन् । अमृता आरोडाले पनि इन्टाग्राममा आफ्नो पुरै परिवारसँग क्रिसमस मनाउँदै सबैलाई विस गरेकी छन् । क्रिसमसमा उनी पुरै रातो ड्रेसमा सजिएकी छन् ।





Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply