[ ]
Latest News Updates

ADVERTISE WITH US

"गाँठो"को भिडियो प्रतियोगिता / एक लाख जित्ने अवसर / यस्तो छ प्रक्रिया
Friday, July 22, 2016 Posted by Chitra Khabar

आगामी प्रदर्शनको क्रममा रहेको नेपाली चलचित्र "गाँठो"ले आफ्नो प्रमोशनल गीतको भिडियो प्रतियोगीता आयोजना गर्ने भएको छ । "मनको गाँठो फुकाउने भिडियो कन्टेस्ट" नाम दिईएको उक्त भिडियो प्रतियोगीताका बिजयीले नगद रु १,००,०००  पाउने बताईएको छ ।
युट्युव मार्फत सार्वजनिक गरिएको गीतमा शब्द तथा संगीत अनुपम शर्माको रहेको गीतमा अनुपम शर्माकै गायन रहेको छ भने प्रशान्त शर्मा र रञ्जित बस्नेत ले गायनमा साथ दिएकाछन् ।
 प्रतियोगीतामा भाग लिन चाहने प्रतियोगीले गीत डाउनलोड गरेर भिडियो बनाएर मा पठाउन सक्नेछन् पठाईएको भिडियोलाई युट्वमा राखिनेछ र उत्कृट भिडियोलाई पुरस्कार गरिने छ ।
भाद्र ३१ गते प्रदर्शन मिति तोकिएको फिल्मको प्रदर्शन मिति कै दिन उक्त प्रतियोगीताको निर्णय सार्वजनिक सहित पुरस्कृत समेत गरिनेछ ।
फिल्ममा कुनैपनी गीत नभएको भएपनी प्रमोशनका लागी गीतको प्रयोग गरेको भन्दै भिडियो बनाएर आफ्नो प्रतिभा प्रस्फिुटन गराउन चाहने युवा जमातलाई हौसला प्रदान गर्नका लागी यो प्रतियोगीताको आवहान गरेको फिल्मका निर्देशक सुरज भुषाल बताए ।
अहिलेका चल्तीका नायक नाजिर हुसेनको प्रमुख भुमिका रहेको फिल्ममा नाजिरका अलावा नम्रता श्रेष्ठ र अभय बराल लगायतको अभिनय रहेको छ । बटवाल इन्टरटेन्मेन्ट को ब्यानरमा बनेको फिल्ममा तिलक बहादुर क्षेत्री, सुरज भुषाल नृपेन्द्र राज जोशीको लगानी रहेको छ ।

नियमहरुः
१ प्रतियोगीले हाईलाइटस नेपालमा रहेको गाँठोको गीत डाउनलोड गर्न सक्नेछन् र त्यसको भिडियो बनाएर पठाउनुपर्ने छ ।

२ गीत भएपनी प्रतियोगीले डान्सकै भिडियो पठाउन पर्ने जरुरी छैन् । डान्स संग मेल खाने भिडियो हुनुपर्ने छ ।

३ प्रतियोगीतामा समावेश हुन चाहने प्रतियोगीले butwallentertainment@gmail.com अथवा gaathofilm@gmail.com मा भिडियो पठाउनुपर्नेछ ।

४ पठाईएका भिडियोलाई गाँठो फिल्मको युट्युव च्यानल मार्फत राखिनेछ । आधिकारिक रुपमा हामीले युट्युव च्यानलमा राखेका भिडियो मात्र प्रतियोगीतामा समावेश हुनेछन् ।

५ प्रतियोगीतामा समावेश भएका भिडियो मध्ये एक उत्कृष्ट यहि मिती २०७३ भाद्र ३१ गते गाँठो फिल्मको रिलिज दिन पारेर पुरस्कृत गरिनेछ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply