नायिका शिल्पा पोखरेलको एक्शनले भरिपूर्ण “वृन्दावन” भाद्र १७ का लागी तयार (भिडियो सहित )
आगामी प्रदर्शनको क्रमम रहेको रुद्राक्ष फिल्मसको ब्यानरमा तयार भएको चलचित्र “वृन्दावन” प्रदर्शनको लागी तयार भएको छ । निर्माता रुद्र खनालको निर्माणमा बनेको यस चलचित्र “वृन्दावन” मा एक्सन नायिकाको पहिचान बनाएकी नायिका शिल्पा पोखरेल लिड नायिकाको रुपमा चलचित्रमा देखा परेकी छिन ।
प्रदर्शन मिति नजिकिंदै गर्दा चलचित्र “वृन्दावन” हाल निकै नै चर्चामा रहेको छ । र हाल दर्शकहरु माझ चलचित्र “वृन्दावन” को निकै चर्चा संगै उत्सुकता समेत पनि बढेको छ कारण फिल्ममा नायिका पोखरेल संगै बाँदरको पनि प्रमुख अभिनय रहेकोले ।
चलचित्रमा शिल्पा पोखरेलको अलावा नायक किशोर खतिवडा र दीपेन्द्र जीसीको पनि मुख्य अभिनय रहेको छ | चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् ।फिल्ममा रामजी लामिछानेको डान्स कोरियोग्राफी रहेको गीत "इन्टर लक् " निकै चर्चामा पनि आएको छ । चलचित्र पूर्ण रुपमा नारी प्रदान रहेको कुरा निर्माता रुद्र खनालले जानकारी दिनु भयो । चलचित्रमा नारीको कथालाई बिशेष जोड दिएकोले पनि नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर चलचित्र “वृन्दावन” प्रदर्शन गर्न लागिएको कुरा पनि उनले उल्लेख गरेका छन् । चलचित्र सम्पूर्ण दर्शकको मनमा बस्न सफल रहने विश्वास पनि उनले ब्यक्त गर्नुभएको छ |फिल्मलाई आर आर फिल्मले वितरणको जिम्मा लिएको छ ।
हेर्नुस ट्रेलर :








No comments: