किन बारे सञ्जय दत्तले घरको भुईंतलालाई हरियो कपडाले ?
लामो समय जेल जीवन बताएर फर्किएका बलीउड अभिनेता सञ्जय दत्तले अहिले सम्पुर्ण समय आफ्नो परिवारलाई दिदैं आएका छन् । केहि दिनपछि चलचित्रको छायाँकनमा व्यस्त हुन लागेका दत्तले आफ्नै घरको भुईंतलालाई हरियो कपडाले बारेका छन्। बार्नुको कारण उनी नयाँ चलचित्रमा ‘कमान्डो स्टाइल’ मा देखिँदैछन् जसका लागि उनी हाल मार्सल आर्टको ट्रेनिङ लिइरहेका छन्। ट्रेनिङ उनको आफ्नै घरको भुईंतलामा चलिरहेको छ। हालै एक फोटोग्राफरले हातमा बक्सिङ ग्ल्ब्ससहितका फोटो सार्वजनिक गरिदिएपछि उनी तर्सिएछन्। त्यसपछि उनले हरियो कपडाले बारेर बाहिरबाट केही पनि नदेखिने बनाइदिए। यस्तो गर्दा कुनै पनि मिडियाका फोटोग्राफरले घर भित्रका तस्विरहरु कैद गर्न पाउँदैनन् ।








No comments: