[ ]
Latest News Updates

ADVERTISE WITH US

बाल केन्द्र नायक हमालको जन्मदिन, पुगे ५२ बर्षमा
Friday, June 10, 2016 Posted by Unknown

नायक राजेश हमालले आफ्नो ५२ औं जन्मदिन स्वयम्भू स्थित सेरसंग बाल केन्द्रका बालबालिकाहरुसँग मनाएका छन । करिब ७० जना बालबालिका रहेको बाल केन्द्रमा हमालले जन्मदिनको केक पनि काटेका थिए । नायक हमालले बालबालिकाहरुलाई आफ्ना फिल्मका चर्चित संम्वाद सुनाउँदै उनीहरुसंगै नाचेर मनोरञ्जन समेत प्रदान गरेका थिए । हमाल बाल केन्द्रका संस्थापक छोग्याल रिम्पोंचेको निम्तोमा त्यहाँ पुगेका थिए । सो अवसरमा नेपाली तारा प्रताप लामाले महानायक हमाललाई जन्मदिनको शुभकामना दिदैं आफ्ना चर्चित गित गाएका थिए ।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply