साउथ चलचित्रका लागि परिणितीले मागिन् ३ करोड पारिश्रमिक
बलिउड नायिका परिणिती चोपडा अब साउथ चलचित्रमा पनि देखिने तयारीमा छिन् । साउथका सुपरस्टार महेश बाबुलाई लिएर निर्माण हुन लागेको नयाँ चलचित्रमा परिणिती मुख्य नायिकाको रुपमा देखिने चर्चा छ । तर, परिणितीले यो चलचित्र खेल्नु भन्दा पनि यसका लागि लिएको पारिश्रमिकले यति बेला भारतीय मिडियामा हंगामा खडा गरिदिएको छ । ए.आर.मुरुगादाँसको नयाँ चलचित्रमा महेश बाबु र परिणितीको जोडी देखिनेछ । यो चलचित्रका लागि परिणितीले साढे ३ करोड पारिश्रमिक मागेकी छिन् । उनले महंगो पारिश्रमिक लिन लागेपछि यसको बजेट पनि बढेको छ ।








No comments: