'लप्पन छप्पन'सकियो यूरोपमा , अब पालो नेपालको
चलचित्र 'लप्पन छप्पन' को यूरोप छायांकन पछी अब नेपालमा छायांकन हुने भएको छ। स्विजरल्याण्ड, नेदरल्याण्ड, बेल्जियममा छायांकन गरिएको यो चलचित्रको बाँकी छायाँकन भने नेपालमा हुने बताइएको छ । ५० प्रतिशत छायांकन अब नेपालमा हुने भएको छ ।
गोल्डेन हिल पिक्चर्सले निर्माण गरेको यो चलचित्रमा हलिउडका कलाकार ओलिभर ब्लुर्कको साथै अभिनेता सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी, श्याम श्रेष्ठ, देवु श्रेष्ठ, शिव खरेल, प्रकाशजंग शाह, सुन्दर श्रेष्ठ, शान्ती भट्ट लगायतकाको अभिनय रहेको छ । मुकुन्द भट्टको लेखन तथा निर्देशनमा तयार हुने यस चलचित्रमा दोन्द चन्द् पन्तको रहेकोछ । पुरुषोत्तम प्रधानको सिनेमाटोग्राफी रहेको यस फिल्म लाई सुरेन्द्र पौडेले सम्पादन गर्ने छन ।








No comments: