[ ]
Latest News Updates

ADVERTISE WITH US

'ब्रासलेट' को नयाँ गीत रिलिज (भिडियो)
Tuesday, June 7, 2016 Posted by Unknown

भदौ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'ब्रासलेट' को ‘मेरो जिन्दगीमा’ बोलको गीत रिलिज भएको छ । गीतमा यूवराज चौलागाई र दुर्गा परियारको स्वर, दीपक शर्माको संगीत, शान्तीप्रियको शब्द छ ।  यो चलचित्रलाई केशव भट्टराईले निर्माण गरेका हुन् भने निर्मल शर्माले निर्देशन गरेका हुन् । चलचित्र ब्रासलेटमा रमेश उप्रेती, नम्रता सापकोटा, रजनी केसी, ऋतिक शाही, सुगम शर्मा, राजु बजाज, विनोद भट्टराई, सुनिता ठाकुरसहितको अभिनय रहेको छ । यसमा ताराप्रकाश लिम्बू र दीपक शर्माको संगीत, गोविन्द राई र कविराज गहतराजको नृत्य निर्देशन, सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन र शान्तिप्रियको गीत रहेको छ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply