[ ]
Latest News Updates

ADVERTISE WITH US

'कालो पोथी' का दुई वाल नायकलाई निर्देशक भामले उच्चशिक्षा दिने
Saturday, June 25, 2016 Posted by Unknown

तेस्रो हप्ता नाघेर चौथो हप्तामा प्रदर्शन भइरहेको नेपाली चलचित्र कालो पोथीको चर्चा अझै पनि उस्तै छ । चलचित्रको कथावस्तुले जति दर्शकहरुको मन छोए त्यतिकै उक्त चलचित्रमा काम गर्ने दुई वाल कलाकारहरुको अभिनयले पनि । चलचित्र कालो पोथीमा दुई वालकलाकारले गरेको अभिनय साँचिक्कै नेपाली दर्शकहरुले कहिँले भुल्न सक्दैनन् किनकी उनीहरुको अभिनय जीवन्त थियो । यो चलचित्रमा काम गरिसकेपछि खड्कराज नेपाली र शुक्रराज रोकायालाई धेरै निर्माता र निर्देशकहरुले चलचित्रको लागि अफर गरेँ तर उनीहरुले अध्ययन सकाएर मात्र काम गर्ने बताइरहेका छन् । मुगुमा घर भएका कारण उनीहरुले राम्रो सँग अध्ययन गर्ने अबस्था नभएको भन्दै चलचित्र कालो पोथीका निर्देशक मिन बहादर भामले खड्कराज नेपाली र शुक्रराज रोकायालाई उच्च शिक्षा आफैले गर्न लगाउने बताएका छन् । निर्देशक भामले अहिले खड्कराज नेपाली र शुक्रराज रोकायालाई उच्च शिक्षा गराउने एक असल व्यक्तिको खोजीमा रहेका छन् । उनले कोही व्यक्ति खड्कराज नेपाली र शुक्रराज रोकायालाई उच्च शिक्षा हासिल गर्न इच्छुक भए सम्र्पक गर्न आग्रह गरेका छन् । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply