[ ]
Latest News Updates

ADVERTISE WITH US

सुपारी काँचो भन्दै यसरि नाचेपछी हैट { भिडियो सहित }
Monday, January 15, 2018 Posted by Mero Tv

आगामी प्रदर्शनको क्रममा रहेको सिनेमा "नेप्टे' ले सिनेमाको प्रमोसनल गीत "सुपारी काँचो सार्वजनिक गरेको छ । अहिलेको चलनचल्तिको फ्लेबरमा रहेको "सुपारी काँचो " लाई गायक तथा संगीतकारले तयार परेका छन् । भानु भक्त ढकालको शब्द रहेको गीत मा ओम सुनारको संगीत रहेको छ भने सावित्री जोशी र ओम सुनारको आवाज रहेको छ ।  आर रोशफि फिल्मस् प्रा लि को ब्यानरमा रोहित रुम्बाको प्रस्तुतिमा बनेको यस सिनेमाको "सुपारी काँचो" मा अहिलेका हिट कोरियोग्राफर कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । 
     
सिनेमाको प्रमुख कलाकारहरुलाई फिचर गरिएको यस गीतमा हरि घले लामाले क्यामेरा चलाएकाछन भने सम्पादन तारा थापा किम्भेको रहेको छ । निर्देशक देब कुमार श्रेष्ठको निर्देशन रहेको यस सिनेमामा दयाहाङ राई र नायिका छुल्ठिम गुरुङले स्क्रिन सेयर गरेका छन । सोमबार राजधानिमा पत्रकार सम्मेलन गर्दै माघे संक्रातीको शुभकामना आदान प्रदान गर्दै "नेप्टे" टिमले प्रचार प्रशारको सुरुवात गरेको छ । पत्रकार सम्मेलनमा निर्देशक देव कुमार श्रेष्ठले 'चलचित्र सामाजिक कथावस्तुमा बनेको जानकारी दिए " । आफ्नो करियरको १५ बर्ष सिनेमा क्षेत्रमा बिताएका अभिनेता रोहित रुम्बाले सिनेमाको बारे बोल्दै भने "मेरो करियरको १५ बर्षको मेहेनत हो नेप्टे यस बाट मैले धेरै ठुलो आशा रहेको छु ।"  अभिनेता रोहित रुम्बा कलाकारको साथै कुशल गायक तथा कुशल नृत्यकार पनि हुन् । 

रोहित रुम्बाको कथा रहेको यस सिनेमामा किरण माईकल घिमिरेको पटकथा तथा संवाद रहेको छ ।  सिनेमामा छुल्ठिम र दयाको साथमा रोहित रुम्बा, पुर्णिमा लामा ,बुद्धि तामाङ, श्याम राई, अर्जुन गुरुङ ,कमलेश बराल ,अरुणा कार्की , जयनन्द लामा लगायतको साथै नयाँ प्रस्तुतिमा प्रनिषा सिलवालको अभिनय रहेको छ ।  चलचित्रमा अभिनेता जय किशन बस्नेतको पनि अभिनय रहेको छ । सिनेमामा रोशन श्रेष्ठको एक्सन  रहेको छ । उपत्यका भित्र वितरक सुनिल मानन्धरको वितरण र मोफसलमा एफ डी कम्पनीको बितरण  जिम्मा रहेको छ । सिनेमा यहि चैत ३० गते बाट देशैभर प्रदर्शन हुँदैछ ।  

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply