[ ]
Latest News Updates

ADVERTISE WITH US

पारिश्रमिक बिरुद्धको आवाजमा बलिउड चर्चित नायिकाहरु
Wednesday, December 27, 2017 Posted by Mero Tv

मुम्बई । विश्वब्यापी रुपमा जति चर्को आवाजमा महिला र पुरुष बिचको विभेदको अन्त्य बारे कुरा उठाएपनी संसारभर नै उस्तै काममा महिला र पुरुषले पाउने पारिश्रमिकको दर समान छैन । यस मामिलामा विशेष गरी चलचित्र क्षेत्र पनि अछुतो रहेको छैन नेपालमा मात्र नभै भारतीय चलचित्र क्षेत्रमा पनि समान फिल्म र रोलका लागी पनि हिरो र हिरोइनले पाउने पैसामा आकाश जमिनको फरक छ । असमान पारिश्रमिकको बारेमा बारम्बार अभिनेत्री दीपिका पादुकोण, कंगना रनावत र अनुष्का शर्माले असन्तुष्टि जनाउँदै आएका छन् हालै प्रियंका चोपडा पनि होस्टेमा हैंसे थपेकी छन् ।
 ग्लोबर स्टार बन्दै गएकी प्रियंकाले एक भारतीय पत्रिकासँग कुरा गर्दै महिला र पुरुषले पाउने पैसाबीचको दूरी विश्वव्यापी समस्या रहेको र यो हरेक पेशामा देखिने बताएकी छिन्।व्यापारिक क्षेत्रमा हेर्ने हो भने पनि केटीले भन्दा केटाले बढी पाउँछन् । यो ठूलो समस्या हो र यो फिल्म क्षेत्रमा मात्र सीमित छैन । फोब्र्सको सय जनाको सूचिमा म एक जना मात्र पर्नुले पनि यही संकेत गर्छ,’ प्रियंकाले भनिन्। फोब्र्सको टप टेन भारतीय सेलिब्रेटी भित्र आफूलाई पार्न सफल प्रियंकाले यो उपलब्धिले तत्कालका लागि खुशी बनाए पनि आफूसँगै अरुलाई पनि देख्न पाउँदा थप खुसी लाग्ने बताएकी थिइन् । ‘एक हिसाबले हेर्दा मलाई साँच्चिकै खुशी लागेको छ, किनकि म पनि पुरुष समकक्षीसँगै उभिन पाएकी छु । साधारणतया फिल्म उद्योगमा यस्तो दृश्य देख्न पाइन्न । तर, दुःखको कुरा के छ भने म त्यहाँ एक्लै छु, अरू हिरोइन छैनन्,’ उनले भनेकी छिन् । उनले बलिउड यस विषयमा गम्भीर भएर छलफल गर्नुपर्ने बताएकी छिन्।

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply