फस्ट डे फस्ट सो ‘कबाली’ हेर्न टिकट नपाएपछि जबरजस्ती हलमा घुसे दर्शक / प्रहरीले गर्यो लाठी चार्ज
एजेन्सी – रजनी कान्तद्धारा अभिनित फिल्म ‘कबाली’ शुक्रबारदेखि विश्वभरिका ४ हजार स्क्रिनमा रिलिज गरिएको छ । फिल्म यति चर्चामा छ, कि एक हलले बिहानको ४ बजेको शो राखेको थियो । धेरै दिनपहिले देखि टिकट बुकिङ्को व्यवस्था गरिए पनि आधा रातसम्म दर्शकहरु टिकट पाइने आशमा हलमा लाइन लागेका थिए ।
फिल्म हेर्न रातको १२ बजेदेखि नै हलको वरपर मानिस जम्मा भएका थिए । चेन्नाईको ‘अल्बर्ट सिनेमा हल’मा टिकटका लागि उभिएका हजारौँ दर्शक जबरजस्ती हलभित्र छिर्ने कोशिस गरेको बताइएको छ । उनीहरुलाई रोक्न प्रहरीले लाठी चार्ज नै गर्न परेको थियो । प्रहरीको लाठी चार्जबाट १७ व्यक्ति घाइते भएको बताइएको छ ।
यतिबेला रजनी कान्त अमेरिकामा छन् । एक सय दश करोड रुपैयाँमा बनेको ‘कबाली’ले रिलिज हुन पहिले ३२० करोड कमाइसकेको छ । यस फिल्ममा रजनी कान्त एक ग्याग्स्टरको भूमिकामा छन् ।








No comments: